नेपालद्धारा चीन ५ रनले पराजित

3.97K
shares

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ।

नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो। चीनका लागि जहाङ मिईले ३३ रन बनाइन्। काइयुन जहोउले १८ रन बनाइन्।

बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लिइन्। त्यस्तै, कविता कुँवरले एक विकेट लिइन्। यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो। नेपालको सुरुवात राम्रो थियो। काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन्।

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भइन्। त्यसपछि नेपालले लगातार विकेट गुमायो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083