४ हजार किलोमिटर पार गरेर भियतनाम पुगे किम जोङ उन
वि.सं.२०७५ फागुन १४ मंगलवार १२:०१
5.37K
shares
shares

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम पुगेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय वार्ताको लागि उनी भियतनाम पुगेका हुन्। उनीहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो। नेता उन उत्तर कोरियाबाट गत शनिबार दिउँसो रेल चढेर भियतानामको राजधानी हनोइ प्रस्थान गरेका थिए।
ट्रम्प र किमबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक हुँदैछ। उनीहरुबीचको पहिलो शिखर बैठक गत बर्षको जुनमा सिङ्गापुरमा भएको थियो।भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्नेगरी हनोई गएका हुन्।































