‘सहसचिव’ बनेर प्रहरी र जनप्रतिनिधिलाई उल्लु बनाउने १७ वर्षे किशोर पक्राउ

6.14K
shares

पोखरा। ठगीका अनेक रुप देख्न र सुन्न पाइन्छ। यस्तै, अनौठो ठगीको घटना पोखरामा सार्वजनिक भएको छ।

एक १७ वर्षीय किशोरले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ बनेर प्रहरी र जनप्रतिनिधिलाई नै उल्लु बनाएका छन्। यो सह-सचिवस्तरको पद हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई गुमराहमा पारेका हुन्।

उनी हुन् झापाका सन्देश रम्तेल। रम्तेलले प्रहरीको स्कर्टिकङ समेत लिएर सरकारी नम्बरप्लेटको गाडीमा तनहुँदेखि मुस्ताङसम्म यात्रा गरेको बयान दिएका छन्। जिप्रका तनहुँले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिन मानेन।

मुस्ताङ देखि पोखरा फर्केर लेकसाइडको तेन्जिङ हिलारी होटलमा बसेका उनले जब खाना खाएको पैसा तिरेनन्, अनि वास्तविकता बाहिर आयो। होटलमा खाएको ३५ हजार रुपैयाँ सन्देशले नतिरे पछि उनको उजुरी प्रहरी कहाँ पुग्यो र उनी सोमबार प्रक्राउ परे।

होटलमा पैसा नतिर्ने र बिलमा झगडा गर्ने गरेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। होटल पुगेर अनुसन्धान थालेपछि उनको ठगी धन्दा प्रहरीले थाहा पाएको थियो। वडा प्रहरी कार्यालय बैदामले चालकसहित उनलाई पक्राउ गरेको हो।

यसरी बनाए प्रहरीलाई उल्लु

सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा सरकारी सुविधा उपभोग गर्दै आएका थिए। १०० नम्बरमा फोन हानेर हानेर स्कर्टिङको सुविधा लिने गरेको उनले दाबी गरेका छन्। रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए। रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ।

उनले वीरगञ्जमै नक्कली कार्ड बनाएको बताएका छन्। तेन्जिङ हिलारी होटलमा सामान राखेर रम्तेल सरकारी नम्बर प्लेटको गाडी गुडाउँदै पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पुगेको स्रोतको भनाइ छ।

त्यति मात्रै होइन, रम्तेलले पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भन्दै झुक्याएका थिए। उनले उपमेयर गुरुङलाई भेटेर महानगरपालिका बाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन्।

उनले होटलमा पनि पैसा तिर्न मानेनन्। राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयले होटलले दिएको खातामा पैसा हालिसकेको बताउँदै रम्तेल उम्कन खोजेका थिए। त्यसपछि उनले थाहा नपाउने गरी होटल मालिकले प्रहरीलाई खबर गरे। जब उनी पक्राउ परे, ठगीको अनौठो तरिकाबाट सबे तीन छक परे। रम्तेलसँगै उनका चालक बताउने संगम राई पनि पक्राउ परेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083