मलेसिया पुगेका २ सय ६ नेपाली जेलमा,१ सय ६ जना नेपाली घरफिर्ती केन्द्रमा
वि.सं.२०७५ फागुन १५ बुधवार ०९:४४
shares

काठमाडौं। रोजगारीका लागि मलेसिया पुगेका २ सय ६ जना नेपाली विभिन्न कारण जेल परेका छन्। भने रोजगारीका क्रममा मलेसिया पुगि समस्या परेका १ सय ६ जना नेपाली घरफिर्ती केन्द्रमा रहेको क्वालालम्पुर स्थित नेपाली दूतावासले जानकारी दिएको छ।
श्रम अवधि सकिए पनि रोजगारदाता कम्पनीमा शरण लिएर रोजगारी गरिरहेका अथवा व्यवहारजन्य अपराधमा सामेल भएका कारण धेरै नेपाली जेल परेको पाइएको दूतावासले जनाएको छ।
पछिल्लो समय दूतावासले मलेसियाका विभिन्न जेलमा पुगेर कैदी जीवन बिताइरहेका नेपाली कामदारको तंथ्याक संकलन गरेको थियो।
जसमा २ सय ६ जना जलेमा र १ सय ६ जना नेपाली घरफिर्ती केन्द्रमा रहेको दूतावासले जानकारी दिएको छ। जेल परेका नेपाल मध्ये धेरै श्रमअवधि सकिए पनि स्वदेश नफर्की काम गरेर बस्दा प्रहरीका फन्दामा पर्ने गरेको दूतावासले जनाएको छ।
मलेसिया रोजगारीका लागि आएका धेरै नेपाली श्रम अवधि सकिए पनि रोजगारदाता कम्पनीमा शरण लिएर काम गर्दा प्रहरीका फन्दा पर्ने गरेको क्वालालम्पुर स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खेरलले बताए।
‘नेपालबाट रोजगारीका लागि मलेसिया आए पछि कम्पनी परिवर्तन, कम्पनी छाडेर भागेर काम गर्न, श्रम अवधि सकिए पनि स्वदेश नफर्कि लुकेर काम गर्न र अन्य अवैध क्रियाकलापमा संलग्न भएका कारण नेपाली जेल पर्ने गरेका छन् ’ उनले भने, ‘कतिपय नेपाली चोरी, लागुऔषध कोरोबार, अपहरण, जुवातास जस्ता गम्भीर मद्दामा जेल पुगेका छन्।
म्यानपावर मार्फत मलेसिया गएका धेरै नेपाली एउटा काम भनेर अर्कोको काममा परेपछि गैरकानूनी रुपले बसेर काम गर्न गरेका छन्। यस्ता कामदारलाई कतिपय रोजगारदाताले नै श्रम शोषण गर्न र प्रहरीलाई सूचना दिएर पक्राउने समेत गरेका धेरै घटना भएको दूतावासले जानकारी दिएको छ।
हाल, मलेसियामा ४ लाख नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ । भने, मलेसियामा अवैध रुपमा करिब १ लाख नेपाली कामदारले काम गरिरहेको हुनसक्ने अनुमान दूतावासले गरेको छ । गत जेठ महिना आर्थिक भार थप्र्दै आएका सस्था बन्द गरेपछि मलेसियाको रोजगारी बन्द भएको छ ।































