दोलखा र सिन्धुपाल्चोकमा ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प

4.64K
shares

काठमाडौं। दोलखा र सिन्धुपाल्चोकमा परकम्प गएको छ। दोलखामा दिउँसो सवा ४ बजे परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यस्तै सिन्धुपाल्चोकमा दिउँसो ४ बजेर २० मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको परकम्प गएको छ।

यो, २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ। गोरखा भूकम्पपछि अहिलेसम्म ५१३ पटकसम्म परकम्प गएको छ।