नेपाल विश्वकप छनौटमा पुग्न सकेन : महिला क्रिकेट
वि.सं.२०७५ फागुन १६ बिहीवार १०:४४
5.25K
shares
shares

काठमाडौँ । महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेपनि ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ। एसिया छनोटको शीर्ष एक टोलीले ग्लोबल छनोटमा पुग्न पाउने प्रवाधन छ। छनोट चरणका प्राय खेल जितेपनि नेट रन रेटमा थाइल्याण्डसँग पछि परेपछि नेपालले ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको हो।
अंक तालिकामा थाइल्याण्डले १२ अंक जोडेर पहिलो, नेपालले ६ खेलबाट १० अंक जोडेर दोस्रो र युएईले ८ अंक जोडेर तेस्रो स्थानमा छन्। राउण्ड रोबिनको आधारमा जारी छनोटको ६ खेलमा ५ खेल जितेको नेपाल थाइल्यान्डसँग ५८ रनले पराजित भएको थियो।












