भारतीय विदेशमन्त्री आए ओआईसी बैठक बहिस्कार गर्ने पाकिस्तानको चेतावनी

5.41K
shares

काठमाडौं । पाकिस्तानले भारतीय विदेश मन्त्री सहभागी भए अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआईसी) बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ।

ओआईसीको बैठकको उद्घाटन समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई विशिष्ट अतिथिका रुपमा बोलाइएको थियो। तर, पछिल्लो समय बढ्दो तनावका कारण पाकिस्तानले निम्तो फिर्ता लिन माग गरेको छ।

पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैशीले ओआईसीका महासचिव युसुफ विन अब्दुल्लाह अल-ओथामिनलाई पत्र लेखेर यूएईलाई निम्तो फिर्ताका लागि आग्रह गर्न भनेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083