आज सुन किन्नेलाई फाईदा, झन् घट्यो सुनको मूल्य
वि.सं.२०७५ फागुन १६ बिहीवार ११:५९
5.58K
shares
shares

काठमाडौं । आज बिहीबार सुनको मुल्य २ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ रहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।















