पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्यो, एक विदेशी नागरिकको मृत्यु

4.45K
shares

पोखरा। पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।

आइतबार बिहान ११ बजेर १७ मिनेटमा फेवाताल मा खसेका रोमानियाका नागरिक इडीइकेडीको मृत्यु भएको हो। उनि ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनी बाट पर्मिट लिएर उडेकी थिइन्।

तालमा खसे लगत्तै उनलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो। उनी सिंगल फेवातालमा खसेका थिए। प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083