‘ऋतिकका लागि चुम्बन नगर्ने सहमती तोडिदिन सक्छु’ : तमन्ना भाटिया
वि.सं.२०७५ फागुन १९ आइतवार १४:२४
shares

काठमाडौँ। ‘बाहुवली’ चलचित्रकी नायिका तमन्ना भाटिया साउथ चलचित्र बजारमा चर्चित छिन्। साउथकी सुपरस्टार तमन्नाले दर्जनौ हिट चलचित्र पनि दिएकी छिन्। उनै, तमन्नाले आजसम्म चलचित्रको पर्दामा नायकसँग चुम्बनको दृश्य गरेकी छैनन्। उनले चलचित्रमा काम गर्नु अगाडि नै संझौता पत्रमा चुम्बन दृश्य नराख्ने सहमती गरेकी हुन्छिन्।

तर, तमन्नाले बलिउडका एक नायकका लागि भने आफ्नो यो संझौता तोड्ने बताएकी छिन्। उनले भनिन्–‘म ऋतिक रोशनको निकै ठूलो फ्यान हुँ। एकपटक उनलाई भेट्दा म निकै नै डराएकी थिएँ। ऋतिकलाई भेट्दा म आफूलाई १६ बर्षकी किशोरी महशुश गर्छु।’
कंगनाले भनिन्–‘कहिलेकाही म मेरा साथीहरुसँग रमाइलो गर्दै भन्ने गर्छु कि, मैले ऋतिक रोशनसँग काम गर्न पाएको खण्डमा चुम्बन नगर्ने सहमती तोडिदिन सक्छु।’ कंगना यतिबेला आफ्नो नयाँ चलचित्र ‘महालक्ष्मी’को रिलिजको तयारीमा छिन्।










