अफगानिस्तानको कान्दाहारमा भीषण बाढी : २० जनाको मृत्यु, कैयौँ बेपत्ता

12.82K
shares

काबुल। मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन्।

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

अधिकारीहरुले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको जनाएका छन्। बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन्। देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ।