मैदानमा आक्रामक देखिने मेस्सी र रामोसको सम्बन्ध कस्तो ?
वि.सं.२०७५ फागुन १९ आइतवार १४:३९
shares

एजेन्सी। विश्व फुटबल इतिहासका दुई माहान क्लब रियल मड्रिड र बार्सिलोना एक सातामै दुई पटक आमने-सामने भए।
पछिल्लो चार महिना यता बार्सिलोना र रियल मड्रिडबीच भएका चार खेलमा बार्सिलोनाले तीन खेलमा जित र एक खेलमा बराबरी खेलको छ। बार्सिलोना र रियलका दुई महान खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसबीच एल क्लासिकोका कुनै पनि खेलमा राम्रो सम्बन्ध भने देख्न सकिदैन।
खेल मैदान बाहिर मिलनसार देखिने दुबै खेलाडी खेलका दौरान भने राम्रो सम्बन्धमा देखिदैँन। यति मात्र होइन रामोसले हालसम्म बार्सिलोनासँग भएका धेरै खेलहरुमा मेस्सीलाई नै फउल गरेर रातो कार्ड खाएका छन्।

रामोसले २०१७-१८ को सिजनको ला-लिगामा मेस्सीलाई फल गर्दै रातो कार्ड खाएका थिए। उक्त खेलमा बार्सिलोनाले रियलविरुद्ध २-३ गोलको जित निकालेको थियो। जसमा मेस्सीले इन्ज्युरी समयको अन्तिम १५ सेकेन्ड बाँकी रहँदा गोल गरेका थिए।
शनिबार राति भएको ला लिगको दोस्रो लिगमा पनि मेस्सी र रामोसको सम्बन्ध राम्रो देखिएको थिएन। रामोसले शनिबार रातिको खेलमा पनि मेस्सीलाइ फउल गरेका थिए। रामोस र मेस्सीको खेल दौरान सम्बन्ध जस्तो भएपनि दुबै खेलाडीको सम्बन्ध मैदान बाहिर निकै राम्रो देख्न पाइन्छ।
दुबै खेलाडी विश्व फुटबल इतिहासका महान खेलाडी मानिन्छन्। उत्कृष्ट डिफेन्डरमा रामोसले राज गरेका छन् भने उत्कृष्ट स्टार स्ट्राइकरमा मेस्सीको दबदबा पाइन्छ। शनिबार भएको खेलमा बार्सिलोनाले एक सातामै दुई जित निकाल्न सफल भयो। रियलले भने लगातार दोस्रो हार व्यहोरेको हो। रियलको घरेलु मैदान सान्टीयागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १-० ले हराउँदै ला लिगाको दोस्रो लिगमा जित निकाल्न सफल भएको हो।
यो हारसँगै रियल बार्सिलोनाभन्दा १२ अंकले पछि परेको छ। बार्सिलोना २६ खेलमा ६० अंकसहित ला लिगाको शिर्ष स्थानमा छ। उता रियल २६ खेलमा ४८ अंकसहित ला लिगाको तेस्रो स्थानमा छ।
योसँगै ला लिगको उपाधीको होडमा रियललाई धक्का पुगेको छ। बर्सिलोनालाई भने सफलता मिलेको छ।










