आफैंले बोकेको राइफलको गोलीले सैनिक जवानको मृत्यु

5.2K
shares

काठमाडौं। आफैंले बोकेको हतियारको गोलीबाट नेपाली सेनाका एक जवानको ज्यान गएको छ। धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको हो।

नेपाली सेनाको जङ्गी अड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार उनले बोकेको एम १६ राइफलको गोली लागेर उनी गए राति गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई जिल्ला अस्पताल, धनकुटा लगिए पनि राति नै मृत्यु भएको थियो। गणको डियूटीमा रहेका जोशीले आफैंलाई किन गोली हाने भन्ने विषयमा छानबिन भइरहेको ढकाल बताउँछन्।

प्रहरी अधिकारीहरु भने घटनाको प्रकृति हेर्दा बन्दुक भुलवश पड्किएको हुन सक्ने बताउँछन्। यद्यपि, घटना पछाडिको कारणबारे विस्तृत अनुसन्धान पछि नै खुल्नेछ।