फुलहृयाम माथि चेल्सीको सहज जित

4.51K
shares

काठमाडौं। चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहृयामलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा चेल्सीले उसैको मैदानमा फुलहृयामलाई २-१ गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा गोन्जालो हिगुइन र जोर्गिन्होले गोल गरे। यता फुलहृयामका लागि कलम च्याम्बर्सले गोल फर्काएका थिए।

तीनै गोल पहिलो हाफमा भएको थियो। हिगुइनले २० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। फुलहृयामका लागि २८ औं मिनेटमा च्याम्बर्सले गोल १-१ गोलको बराबरीमा पुर्‍याएका थिए। ३१ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि पहिलो हाफसम्म चेल्सीले २-१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको चेल्सीले आफ्नो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न सफल भयो।

जितपछि २८ खेल खेलेको चेल्सीको ५६ अंक भएको छ। पराजित फुलहृयामको भने समान खेलबाट १७ अंक मात्रै छ। लिग अन्तर्गत नै भएको अर्को खेलमा लेष्ट सिटी वाटफोर्डसँग २-१ गोलअन्तरले पराजित भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083