महाशिवरात्रीको अर्थ र महत्व के छ ?

7.72K
shares

काठमाडौँ। महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो। हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ।

शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन्। कतिपय रातभर उपवास गर्छन्। शिवलिंगलाई पानी र बेलपत्र चढाए पछि मात्र आफ्नो उपवास चढाउँछ। महिलाका लागि शिवरात्रीको विशेष महत्व छ। अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन्। विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन्।

धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए। प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए। यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्रि भनिन्छ। शिवरात्रीसँग केही पौराणिक कथा पनि जोडिएको छ।

भगवान शिवको विवाह

भनिन्छ, यस दिन भगवान शिवको विवाह भएको थियो। तीन लोक मध्येकै अपार सुन्दरी तथा शीलवती गौरालाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिचाशले घेरिएर रहेका हुन्थे। उनको रुप एकदम अजीब थियो। शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत-तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला छ।

समुद्र मन्थनको पौराणिक कथा

सबै पौराणिक कथामा नीलकन्ठको कथा सबैभन्दा चर्चित छ। मान्यता के छ भने महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो। भगवान शिवले सम्पूर्ण ब्रम्हान्डको रक्षाका लागि स्वयम्ले ति सबै विष पिएका थिए। त्यही क्रममा उनको कन्ठ वा गला नीलो भएको थियो। त्यसैले भगवान शिवलाई नीलकण्ड पनि भनिन्छ।

भगवान शिवको प्रिय दिन

शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ। भगवान शिवको अतिप्रिय रात्रिलाई शिवरात्री भनिन्छ। शिव पुराणको ईशान संहितामा बताएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए।

यस्तो मानिन्छ कि, महाशिवरात्रीमा भगवान मानव जातिको एकदम निकट आएका थिए। मध्यरात्रिको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ। यही कारण मानिसहरु शिवरात्रीका दिन रातभर जग्राम बस्छन्।

शिवलिंग पूजा सामाग्री

भगवान शिवको पूजामा अरु विशेष सामग्रीको आवश्यक्ता पर्दैन, केवल पानी र बेलपत्र भए पुग्छ।

कल्पवृक्षको समान शिव आरधाना

शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व छ। शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि। शिवजीको आराधना महा मृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता छ।

यसपाली दुर्लभ संयोग

शास्त्रअनुसार फागुन मासको कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्री पर्व मनाइन्छ। यद्यपी यसबर्ष महाशिवरात्रीको केही अति महत्वपूर्ण वा दुर्लभ संयोग परेको छ। यो दुर्लभ संयोग केही बर्षपछि जुरेको हो।

सन् २०१९ संवत २०७५ मा शिवरात्रीको दिन सोमबार हुनका साथसाथै त्रयोदशी वा चतुर्दशीको संयोग पनि जुरेको छ। कृष्ण पक्षको त्रयोदशी ‘प्रदोष’ हुन्छ। ४ मार्चको उदयकालिन तिथि त्रयोदशी एवं रात्रिकालिन तिथि चर्तुदशी हुन्छ। ४ मार्चको त्रयोदशी तिथि प्रदोषकाल भन्दा अघि नै समाप्त हुँदैछ। यसैले ‘प्रदोष व्रत’ ३ मार्चमा हुनेछ तर, उदयकालीन थिथिको मान्यता अनुसार ४ मार्चमा त्रयोदशी वा चतुर्दशी तिथिको संयोग रहनेछ, जो अत्यन्त शुभ हो। बर्षौंपछि यस्तो दुर्लभ संयोग परेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083