महाशिवरात्रि भाईब्स : साधुदेखि युवाहरु मस्त (फोटोफिचर)

7.15K
shares

काठमाडौं। दिउँसो भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताए। पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ। विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिने जनाइएको छ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन सुरू गरेका छन्। आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन सुरू गएिको छ। पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ। फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।

महाशिवरात्रिको अघिल्लो दिन आजैदेखि पशुपतिनाथ मन्दिर परिसरमा रमझम मध्य चलिरहेको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको एउटा विशेषता हो-बाबा साधु।

शिवरात्रीको तीन-चार दिनअघि नै देश विदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन्। पशुपति परिसरमा थरीथरीका बाबाहरु भेटिन्छन्। तर, यो वर्ष विगतको तुलनामा बाबाहरु निकै कम देखिएका छन्। साधुदेखि युवाहरु गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ सेवन गरेर मस्त देखिन्छन्।

पशुपतिमा बाबाजीहरुको घुइँचो भएको छ। नेपालका साथै भारतबाट समेत यस वर्ष पनि बाबाजीहरु भेला भएका हुन्। तर, गत वर्षभन्दा कम बाबाजी पशुपतिमा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

 

अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने, गाजा खाने बाबाहरको विशेषता हो। बाबाहरु शिवरात्रीमा गाँजालाई ‘प्रसाद’का रुपमा प्रयोग गर्छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गत वर्षदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको जानकारी दिए।

Image result for पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि भाईब्स

Image result for पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि भाईब्स

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083