समाज रूपान्तरणका अभियान्ता थापालाई ‘एन पिस’ अवार्ड

5.77K
shares

दैलेख। जिल्लाका सामाजिक अभियान्ता हीरासिंह थापा एन पिस अवार्डबाट सम्मानित भएका छन्। जिल्लामा विगत दुई दशकदेखि समाज रूपान्तरण, महिला र बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउप्रथा र बालविवाह न्यूनीकरणका लागि अभियानको रुपमा काम गर्दै आएका छन्।

विभिन्न एसियाली मुलुकमा महिला, शान्ति र सुरक्षामा काम गर्ने राष्ट्रसंघीय ‘एन पिस’ नेटवर्कको अवार्डमा उनी छानिएका थिए। उनी एनपिस अवार्डको क्याम्पेनिङ फर एक्सन’ बाट सम्मानित भएका हुन्। समाज रूपान्तरण महिला बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारको रूपमा रहेको छाउप्रथा र बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गर्ने थापा अवार्डका लागि चुनिएका थिए। उनलाई मार्च ५ मंगलबार थाइल्याण्डको बैंकमा आयोजित एक समारोहमा पुरस्कारसहित अवार्ड प्रदान गरिएको हो। उनलाई राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० को एसिया प्यासिफिक ब्युरोले अवार्डका लागि छानेको थियो।

मनोनयनपछि अनलाइन भोटिङ भएको थियो। भोटिङको लागि छनोट भएका पाकिसतान र श्रीलंकासँग प्रतिस्‍पर्धा भएको थियो। साउथ एसिया प्यासिफिक क्षेत्रका देशहरूबाट १ जना छानिने क्याम्पेनिङ फर एक्सन म्यान’ विधामा उनलाई सम्मान गरिएको हो। २०५४ सालमा स्थापित सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल दैलेखको संस्थापक अध्यक्ष भई सामाजिक काममा सक्रिय रहेका थापा दैलेखमा समाज रुपान्तरणको संवाहकको रुपमा समेत परिचित छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083