इस्लाम धर्मको अपमानको अभियोगमा मलेशियामा १० वर्ष जेल सजाय

7.63K
shares

एजेन्सी। मलेशियामा इस्लाम धर्मको अपमान गरेको अभियोगमा एकजनालाई १० वर्षको जेल सजाय सुनाइएको छ।

मलेशियाको एक अदालतले एक व्यक्ति लाई सामाजिक सञ्जालको अनुचित प्रयोग गरी इस्लाम धर्म तथा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरेको १० अभियोगमा दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाएको मलेशियाका प्रहरी प्रमुख मोहम्मद फुजी हारुन जनाएका छन् ।

सजाय पाउने मानिसको पहिचान भने सार्वजनिक गरिएको छैन।

इस्लाम धर्मको अपमान गरेको अभियोगमा मलेशियामा ५० हजार रिङ्गिट जरिवाना तथा १ वर्ष जेल वा दुबै सजाय हुनसक्ने प्रावधान छ । अदलतले सुनाएको पछिल्लो जेलसजायलाई भने निकै कठोर सजायको रुपमा हेरिएको छ।

अदालतले एक जनालाई १० वर्षको जेल सजाय सुनाएको भए पनि अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ता लाई पनि इस्लाम धर्मको निन्दा गरेको अभियोगमा दोषी ठहर गरेको छ। यसै अभियोगमा अन्य दुई जनालाई भने अदालतले रिहा गर्न आदेश दिएको छ। दोषी ठहर भएका अर्का व्यक्तिलाई भने आगामी सोमबाट सजाय सुनाइनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083