तातोपानी कुण्डमा शेरबहादुर र रामचन्द्रको डुबुल्की किन ?

5.04K
shares

बेनी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दी पुगेका छन्।

सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका देउवा सहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका हुन्।

हेलिकप्टर मार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेका छन्। नेताहरुले कुण्डको अवलोकन सँगै स्नान समेत गरेका थिए। उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुर्‍याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।

जमीन भित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र विरेनूनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड लगायतका रोग निको हुने मान्यता छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083