कोलम्बियामा विमान दुर्घटना १४ जनाको मृत्यु
वि.सं.२०७५ फागुन २६ आइतवार ०९:५९
8.33K
shares
shares

काठमाडौं । कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। शनिवार राति भएको दुर्घटनामा विमानका चालक सहित १४ जनाको मृत्यु भएको हो। विमान दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरीको समेत मृत्यु भएको जनाइएको छ।
अमेरिकामा बनेको डगालस डीसी–थ्री जहाज कोलम्बियाको मध्यपूर्वी क्षेत्रमा दुर्घटनामा परेको त्यहाँको नागरिक सुरक्षा सेवाले जनाएको छ। कोलम्बियाको नागरिक उड्डयन एजेन्शीले समाजिक सञ्जाल ट्विटरमार्फत १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।































