बाबुराम किन बोक्दैछन विप्लवलाई, यस्तो रहेछ भित्रि रहस्य

6.96K
shares

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराइले नेकपा विप्लव समूहबारे प्रधानमन्त्रीले प्रयोग गरेको शब्दप्रति असन्तुष्टि जनाएका छन्। शनिबार गृहजिल्ला आएका भट्टराईले देश विखण्डन गर्छु भन्ने पक्षसँग नरम भएर विप्लवप्रति कठोर हुन नसुहाउने बताए। ‘सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लपप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन’ उनले भनेका छन्।

देश विखण्डन गर्छु भन्ने पक्षसँग उदार भएर प्रधानमन्त्रीले सहमति गरेको भन्दै उनले विप्लव समूहलाई पाि त्यही सम्बोधन गरी समाधान खोज्नुपर्ने भन्दै भट्टराईले भने, ‘विप्लव नेतृत्वको दलको माग राजनीतिक रुपमा समाधान गर्नुपर्छ। यद्यपि विप्लवले लिएको बाटो गलत भएको बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिप्रति असन्तुष्ट जनाए। ‘राजनीतिक रुपले असन्तुष्ट राख्नेसँग वार्ता बाटै समस्याको हल गर्नुपर्छ भन्ने मेरो पनि मान्यता हो,’ उनले भने, ‘तर सिके राउतको राजनितिक परिवर्तन र अधिकार नभएर देशलाई बिखण्डन गर्ने माग हो।

सहमतिको दोस्रो बुँदामा दोहोरो अर्थ लाग्ने भाषा प्रयोग भएको भन्दै उनले भने, राउतले बोल्ने क्रममा मुख्य माग जनमत संग्रह नै हो भनेका छन्, यसले गम्भिर ढंगको प्रश्न उठेको छ। त्यसो हो भने देश र जनता प्रति ठुलो धोका हुन्छ।

राष्ट्रिय अखण्डता र जनतामानिहित सार्वभौमसत्तामाथि जनमत संग्रह हुन नसक्ने उनले बताए। भट्टराईले यसबारे प्रष्ट पार्न सरकारलाई आग्रह समेत गरेका छन्। नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले थारु विद्रोहको सिलसिलामा मुद्धा लागेका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाउँदा थुनामा रहेका राउतलाई भने कार्यपालिका र न्यायपालिकाको सेटिङमा छुटाएको आरोप लगाए।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विप्लव सूमहलाई कम नजरअन्दाज नगर्न सरकारलाई आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै भट्टराईले विप्लव समूह राज्यलाई कमजोर पार्न समर्थ रहेको उल्लेख गरे। होइन भने सो समूहले रक्तश्राव जारी राख्ने भएकाले त्यसतर्फ सचेत हुन उनले आग्रह गर्दै उनले सरकारले विकास, समृद्धि र सुशासन दिन नसकेमा फेरि आन्दोलनको ज्वाला उठ्न सक्ने आशंका गरे।

‘उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन्,’ विप्लव समूहमा भर्भराउँदा युवा खटेको देखेर चिन्ता लागेको बताउँदै उनले भने, ‘यदि हामीले हामीले जनतालाई सुशासन दिन सकेनौँ भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु। ‘त्यो बाटो ठीक छैन । त्यसमा मलाई कुनै पनि भ्रम छैन,’ भट्टराईले भने, ‘तर ब्लिडिङ गरेर राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्छन् ।’ यसमा सरकार वेलैमा सचेत हुनुपर्ने उनको भनाइ थियो ।

उनले तराई विखण्डनको आन्दोलनमा लागेका सिके राउतसँग सरकारले सम्झौता गरी राजनीतिक मूलधारमा ल्याएकै हो भने विप्लप नेतृत्वको पार्टीसँग पनि छलफल र सहमतिबाटै समाधान खोज्नुपर्ने बताए। ‘सरकारले विप्लप नेतृत्वकोे दलको माग राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘देशलाई विखण्डन गर्छु भन्ने पक्षसँग उदार भएर प्रधानमन्त्रीले सहमति गर्नुभयो भने उहाँहरुलाई पनि त्यही ढङ्गले सम्बोधन गरी समाधान खोज्नुपर्छ।

डा.भट्टराईले विप्लप नेतृत्वको पार्टीले अघि बढाएको राजनीतिक एजेण्डासँग आफ्नो सहमति हुन नसक्ने बताए। विप्लपले लिएको बाटो गलत भएको उनको भनाइ थियो। ‘सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लपप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन’, डा.भट्टराईले भने। सरकारले सिके राउतसँग गरिएका सम्झौतामा दोहोरो अर्थ लागेकाले त्यसलाई स्पस्ट पार्नुपर्ने उनको भनाइ थियो।

‘हामी राजनीतिक असन्तुष्टि राख्नेलाई बोलाएर सरकारले छलफल गर्नुपर्छ, वार्ता गर्नुपर्छ र समस्याको समाधान खोज्नुपर्छ भन्ने पक्षमा छौं’, डा भट्टराईले भने, ‘देशलाई विखण्डन गर्न खोज्नेसँग भने सरकार सचेत हुनुपर्छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले माग गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने,‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ। उनले थप्दै भने,‘उनीहरुले लिएको बोटोमा म सहमत छैन। तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा फेरीपनि आन्दोलनको ज्वाला दन्कने खतरा औल्याउनुभएको छ। भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका क्रियाकलापप्रति कुनै हालतमा सहमत हुन नसकिने भन्दै उहाँले नेकपाका माग बेलैमा सम्बोधन नभए फेरि ‘ज्वाला दन्किने खतरा’ रहेको बताउनुभएको हो।

सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता व्यक्ति छानबिन आयोगले ‘बिर्स र माफी गर’ भन्ने सिद्धान्तबाट काम गर्नुपर्ने भन्दै उहाँले ‘दुनियाँ कराउँदै गरेपनि आफ्नै ढंगले शान्ति–प्रक्रिया टुंग्याउनुपर्ने’ टिप्पणी गर्नुभयो। आफूप्रति साँच्चै रिस भए र आफूलाई दन्डित गर्ने भए त्यसका लागि तयार रहेको नेता भट्टराईको भनाई थियो।

बाबुराम र विप्लवको पहिलो भेट

अध्ययनमा मेधावी बाबुराम भट्टराई २७ वर्षको उमेरमा मात्रै कम्युनिस्ट बनेका थिए। राजु नेपालीमार्फत भट्टराईलाई नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए, ०३७ सालमा। विप्लव भने सानै उमेरबाटै कम्युनिस्ट बनेका हुन्। यी दुईबीचको भेटघाट ०४० सालको आसपासतिर भएको ठान्छन्, उनीहरू। बाबुराम कम्युनिस्ट राजनीतिमा आएपछि विप्लवले उनलाई भेटेका हुन्। ०३९ सालमा विप्लव तत्कालीन अखिल छैटौँबाट राजनीतिमा आइसकेका थिए। उनी ०४३ सालमा विद्यार्थीको रोल्पा जिल्ला अध्यक्ष बन्दै अगाडि बढेका थिए।

बाबुराम ०२६ सालको एसएलसीको टपर, त्यसमाथि कम्युनिस्ट राजनीतिमा आएपछि विद्यार्थी राजनीति नै गरिरहेका विप्लवलाई उनीसँग भेट्नलाई गाह्रो परेन। ‘०४० सालवरिपरि नै यी दुई नेताका बीच भेटघाट भएको हुनुपर्छ,’ त्यसवेला विद्यार्थी राजनीतिमै रहेका नेताहरू बताउँछन्। विप्लवभन्दा बाबुराम उमेरमा १३ वर्षले जेठा छन्। बाबुरामलाई अन्य नेताहरूले ‘सर’ भनेर सम्बोधन गरे पनि विप्लवले भने बाबुरामलाई दाइ भनेर सम्बोधन गर्छन्। विप्लव ११ फागुन ०२४ मा रोल्पाको इरिबाङ गाउँको केबरीमा जन्मिएका हुन् भने बाबुराम ४ असार २०११ मा गोरखाको खोप्लाङमा।

१४ वर्ष केन्द्रीय कमिटीमा सँगसँगै

जनयुद्ध सुरु गर्दैगर्दा पार्टी पोलिटब्युरो सदस्य थिए बाबुराम भट्टरार्ई। तर, विप्लव ०५५ सालमा मात्रै पार्टी केन्द्रीय समितिमा पुगेका थिए। ०५५ सालको भदौमा सम्पन्न माओवादीको चौथो विस्तारित बैठकबाट मणि थापा, चक्रपाणि खनाल बलदेव, रवीन्द्र श्रेष्ठ, हितमान शाक्य, वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई मात्र प्रचण्डले केन्द्रीय समितिमा लैजान खोजेका थिए। तर, बैठकमा कर्णाली उपक्षेत्रीय ब्युरोका तर्फबाट विप्लवले गरेको रिपोर्टिङबाट प्रभावित भई प्रचण्डले उनलाई पनि केन्द्रीय समितिमा तानेका हुन्।

त्यसपछि उनी प्रचण्डका विश्वासपात्र मात्र बनेनन्, तत्कालीन माओवादी युद्धको उद्गमस्थल रोल्पा, रुकुमलगायतका जिल्लालाई समेटेर बनाइएको केन्द्रीय आधार इलाकाको इन्चार्जको समेत जिम्मेवारी पाए। बाबुरामसँग उनको केन्द्रीय समितिमा सँगसँगै यात्रा १४ वर्ष रह्यो। ०६९ असारमा तत्कालीन एमाओवादीस“ग मोहन वैद्यको नेतृत्वमा सम्बन्धविच्छेद गरी अलग्गै बाटो लागे। त्यसयता भट्टराई, विप्लव एकै यात्रामा छैनन्।

युद्धकालमा सौहार्द रहेन सम्बन्ध

बाबुराम–विप्लव सम्बन्ध युद्धकालभरि सौहार्द रहन सकेन। हाल नयाँ शक्तिमा रहेका नेता गंगानारायण श्रेष्ठको भनाइमा यी दुई नेताका बीचमा ०५८ देखि ०६१–६२ सालसम्म अत्यन्तै तिक्ततामा सम्बन्ध बितेको थियो। विप्लव प्रचण्डका सहयोगी थिए भने भट्टराई प्रचण्डसँग राजनीतिक रूपमा टक्कर गर्दै थिए। त्यसैको रिफ्ल्याक्सन बाबुराम–विप्लव सम्बन्धमा पनि देखिन पुग्यो। राजनीतिक कार्यदिशाको बुझाइमा रहेको भिन्नताकै कारण सम्बन्धमा खटपट आएको श्रेष्ठको ठम्याइ छ।

भट्टराई नेपालमा संविधानसभाको उपयोग गर्दै माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनीतिक अवतरण गराउन चाहन्थे। तर, प्रचण्डलाई भट्टराईको त्यस्तो बाटो मन परेको थिएन। प्रचण्डकै लाइनमा दह्रोसँग उभिएका थिए विप्लव। उनी अहिले पनि भट्टराईको लाइनसँग सहमत छैनन्। त्यही क्रममा १२ माघ ०६१ मा रुकुम–लिवाङको माओवादी पोलिटब्युरो बैठकले बाबुरामलाई कारबाही गर्ने निर्णय गर्‍यो। त्यसवेला विप्लवले प्रचण्डलाई साथ दिए। पाँच दिनसम्म गर्मागर्मी बहसपछि बाबुरामलाई पोलिटब्युरोले कारबाही गर्ने निर्णय गरेको थियो।

धोबीघाट गठबन्धनमा एक ठाउँ

२८ असार ०६८ मा माओवादीभित्र प्रचण्ड एकातिर र अन्य नेताहरू अर्कोतिर उभिने गरी धोबीघाट गठबन्धन बन्यो। त्यो गठबन्धन निर्माणका सूत्रधारमध्येका एक थिए विप्लव । १० असारमा हितमान शाक्यको गोंगबुमा रहेको त्यसवेलाको डेरामा बाबुरामसहितले डिनर गरेपछि धोबीघाट गठबन्धनले आकार ग्रहण गरेको थियो। त्यही गठबन्धनको जोडले नै बाबुराम प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो। बाबुरामलाई दलको नेता बनाउनसमेत विप्लवले त्यसवेला लबिड गरेको तत्कालीन गठबन्धन निर्माणका नेताहरू बताउँछन्।

बाबुरामले पछि क्यान्टोनमेन्टमा रहेका तत्कालीन जनमुक्ति सेनाको चाबी बुझाउनेलगायतका चारबुँदे सम्झौता गर्दा मोहन वैद्यहरू सडकमै उत्रिएका थिए। त्यसवेला पनि विप्लवले बाबुरामविरुद्ध आक्रामक नीति लिन चाहेनन्। उनले प्रचण्डविरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए। ‘प्रचण्ड मूल पात्र हुन्, बाबुराम निमित्त मात्र हुन्, आन्दोलन पचण्डविरुद्ध लक्षित गर्नुपर्छ,’ विप्लवको भनाइ थियो।

लुकी–लुकी पनि भेट्थे बाबुरामलाई विप्लव

कम्युनिस्ट पार्टीमा विचार र बुझाइमा भिन्नता आउनेबित्तिकै अस्वस्थ अन्तर्संघर्षका अनगिन्ती शृंखला चलिहाल्छन्। यसको भुक्तभोगी बाबुराम–विप्लव पनि बनेका छन्। एकै पार्टीमा रहे पनि यी दुईको राजनीतिक, वैचारिक भिन्नताका कारण कटुता पनि क्लाइमेक्समा नपुगेको होइन। तैपनि, यी दुई नेताबीच गुपचुप रूपमा लुकीछिपी भेटघाट पनि हुने गरेका थिए।

विप्लव, देवेन्द्र पौडेललगायतका माओवादी युवा नेताहरूको पहलकदमीमा बनेको धोबीघाट गठबन्धनपछि पार्टीभित्र बाबुरामलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो। तर, बाबुरामले प्रधानमन्त्री बनेसँगै तत्कालीन क्यान्टोनमेन्टमा रहेका जनमुक्ति सेनाको चाबी बुझाउनेदेखि बिप्पा सम्झौता गर्नेसम्मका काम गरे। त्यसपछि राजनीतिक रूपमा यी दुई अलग धाराका बीचमा पार्टीभित्रै तीव्र अन्तर्संघर्ष चर्कियो।

एकै पार्टीमा रहे पनि बाबुरामविरुद्ध तत्कालीन माओवादीभित्रको हार्डलाइनर मोहन वैद्य किरण पक्षले कालो झन्डा देखाउनेसम्मका काम मात्र गरेन, भट्टराईसँगको संवादलाई समेत बन्द ग(यो। तर, विप्लव भट्टराईलाई त्यसवेला पनि गुपचुप रूपमा भेट्ने, प्रधानमन्त्रीको निवास बालुवाटारमै पुगेर सँगै खाना खाने गर्थे।

एकपटक विप्लव बालुवाटारको राष्ट्र बैंक अगाडिबाट आफू चढेको गाडी बदलेर बाबुरामले पठाएको गाडीमा चढेर बालुवाटार छिरेका थिए। ‘उहाँहरूबीच लुकीछिपी पनि भेटघाट हुन्थ्यो, बाबुरामको चर्को विरोध हुँदा पनि भेटघाट बाक्लै हुन्थ्यो, एकप्रकारले सामीप्यता थियो,’ माओवादीका एक नेताले भने।

चुनाव लड्न चाहन्थे विप्लव

संविधानसभाको पहिलो निर्वाचनमा विप्लव चुनाव लड्न चाहन्थे। तर, उनलाई पार्टीले उम्मेदवार बनाएन। पार्टीभित्र उनलाई कैलालीबाट निर्वाचन लडाउने विषयमा छलफल चलेको थियो। तर, त्यसवेला अध्यक्ष प्रचण्डले संविधानसभा विद्रोहका लागि भएको भन्दै एक दर्जनभन्दा बढी नेताहरू चुनावमा नगई बाहिरै बस्ने प्रस्ताव अगाडि सारे। त्यसैका लागि विप्लवको नेतृत्वको एउटा टिम बन्यो– देवेन्द्र पौडेल, धर्मेन्द्र बास्तोलालगायतका नेताहरूको।

पार्टीका तत्कालीन अवस्थाका ३५ केन्द्रीय सदस्यमध्ये १४ जना नेतालाई माओवादीले चुनावभन्दा बाहिरै राखेर निर्वाचनमा गएको थियो। त्यही कारण विप्लवले पनि निर्वाचन लड्न पाएनन्।
नारायण शर्मा (कमलप्रसाद)लाई पछि पार्टीले समानुपातिकतर्फको उम्मेदवार बनाएको थियो। विप्लवका सँगैका प्रतिस्पर्धी वर्षमान पुन अनन्त ललितपुरमा आएर निर्वाचन लडेर पनि जिते। तर, विप्लवले भित्री चाहना देखाए पनि उठ्न पाएनन्।

बाबुरामले पनि “विप्लव” नै नाम राखेका थिए

कम्युनिस्ट पार्टीमा लागेपछि बाबुरामले आफ्नो पार्टी नाम विप्लव नै राखेका थिए। उनले ०४० सालतिर विप्लव शर्मा नाम राखेका थिए। त्यसअघि भने उनले पत्रपत्रिकामा मुक्ति मानव नामले आर्टिकल लेख्थे। त्यसपछि लाल सिंह, जितवीर हुँदै लालध्वजसम्म उनले नाम राखे। अहिले उनले ती नामबाट आफूलाई चिनाउन छाडेका छन्। तर, विप्लव आफ्नो वास्तविक नामले भन्दा पनि बढी पार्टी नामले नै चिनिन्छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083