नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रथम उपाध्यक्ष पदमा कर्णराज कटुवालको उम्मेदवारी

एकता र पारदर्शिताको एजेन्डासहित प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल

611
shares

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि व्यवसायी कर्णराज कटुवालले प्रथम उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित संरक्षण तथा संघको संस्थागत सुदृढीकरणलाई मुख्य एजेन्डा बनाउँदै उनले उम्मेदवारी सार्वजनिक गरेका हुन्।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै कटुवालले वैदेशिक रोजगार व्यवसायीहरूबीच एकता, पारदर्शिता र व्यवसायिक सम्मान कायम गर्दै संघलाई थप प्रभावकारी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीहरूको साझा हितका लागि आफ्नो अनुभव, इमान्दारी र समर्पणका साथ नेतृत्व प्रदान गर्ने विश्वास दिलाए।

कटुवालले आफ्नो चुनावी प्रतिबद्धताअन्तर्गत नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माण, पूर्ण डिजिटल प्रणालीको विकास र पारदर्शिताको प्रवर्द्धन, श्रमिक सुरक्षा तथा हितको सुनिश्चितता, व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा सरकार, व्यवसायी र श्रमिकबीच सुदृढ साझेदारी स्थापना गर्ने लक्ष्य अघि सारेका छन्।

 


उनले संघलाई समयसापेक्ष, व्यवसायीमैत्री र परिणाममुखी संस्था बनाउने उद्देश्यसहित निर्वाचनमा उम्मेदवारी दिएको उल्लेख गर्दै सम्पूर्ण व्यवसायीहरूलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरे। साथै व्यवसायीहरूको सुझाव, सहयोग, सद्भाव र विश्वासलाई नै आफ्नो अभियानको प्रमुख आधार बनाउने बताए।

“एकता, पारदर्शिता र व्यवसायिक सम्मानका लागि” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका कटुवालले आगामी निर्वाचनमा सम्पूर्ण व्यवसायीहरूलाई आफ्नो बहुमूल्य मत प्रदान गर्न हार्दिक अनुरोध गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083