ला लिगा फुटबल : सहज जितसँगै बार्सिलोनाको उपाधि जित्ने सम्भावना बलियो

4.9K
shares

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले सहज जित निकालेको हो। बार्सिलोनाको जितमा जेराड पीके,लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे। भालेकानोका राउल डी टोमसले एक गोल गरे।

खेलमा भालेकानोले २४ औं मिनेटमा टोमसको गोलबाट सुरुवाती अग्रता बनाएको थियो। तर, ३८ औं मिनेटमा पीकेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलिलाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको ८२ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित पक्का गरे।

जितसंगै बार्सिलोनाले लिगमा ७ अंकको अग्रता कायम गरेको छ। बार्सिलोनाले २७ खेलबाट ६३ अंक जोडेको बार्सिलोनाले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ। शनिबार राति एट्लेटिकोले लेगानेसलाई १(० गोल अन्तरले पराजित गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083