विप्लवलाई सरकारले भन्यो : गोला बारुद बिसाउनुस्,वार्तामा आउनुस्

9.84K
shares
काठमाडौं । सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वार्तामा आउन आग्रह गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार वार्ता गर्न सधैँ तयार रहेको तर वार्ताका नाममा विप्लव समूहलाई थप मजबुद हुने समय भने नदिने बताएका छन्।मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकार सधैँ शान्ति र वार्ताको पक्षमा रहेको बताए। उनले विप्लवले हतियार बिसाउँदै संविधान स्वीकारेर आए वार्ताका लागि तयार रहेको बताए। ‘हामीले सिध्याउने कुरा कहिले गर्‍यौँ?’ यो प्रश्नसँगै बाँस्कोटाले भने, ‘हामीले त बमगोला नबोक्नुस्, युवालाई हिंसामा प्रेरित नगर्नुस्। मुलुकले हिंसा थेग्न सक्दैन राजनीतिक समाधान खोजौँ।नेपाली समाजले १० वर्ष सशस्त्र द्वन्द्व भोगेको छ। समाजले पनि बुझेको छ। अब यो गजब छ भनेर मात्रै हुँदैन। द्वन्द्वमा पर्नेहरूलाई थाहा हुन्छ यो कति पीडादायी हुन्छ भन्ने। सरकारले बारम्बार भनेको छ- गोलाबारुद बिसाउनुस्, आउनुस्।’ उनले थपे, ‘हतियार कुनै पनि कुराको निकास होइन।’ उनले सरकारको शब्दकोषमा मार्ने भन्ने कुरा नभएको र भए पनि त्यसलाई हटाउन चाहेको बताए। उनले भने, ‘मार्ने भन्ने कुरा हाम्रो डिक्सनरीबाट हटाउन चाहान्छौँ। यो बुद्ध जन्मेको देश हो भन्ने सबैलाई थाहा छ।’ उनले सरकारले मृत्युदण्डको व्यवस्था शान्ति चाहने भएरै नगरेको बताए।राजनीतिक मैदान खाली रहेको भन्दै संविधान स्वीकारेर शान्तिपूर्ण राजनीतिमा आउन मन्त्री बाँस्कोटाले बताए। उनले हतियार बोकेरै गए सरकार चुप लागेर नबस्ने बताए। सरकारले सुरक्षाका लागि आफ्नो कदम चाल्ने पनि मन्त्री बाँस्कोटाको भनाइ थियो। उनले भने, ‘भीरबाट लड्नेलाई राम राम भन्ने हो, काँधथाप्न को जान्छरुु समाजले स्वीकार गर्न नसक्ने खालका विषय छोडेर आउँदा विप्लव सानो नहुने भन्दै मन्त्री बाँस्कोटाले संवादका लागि सरकार तयार रहेको बताए। उनले भने, ‘तर संवाद गलत गतिविधिको मलजल गर्ने उपयोग गर्न हुँदैन।’संविधान माथि प्रश्न उठाउन पाइने भन्दै मन्त्री बाँस्कोटाले तर लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन नपाइने बताए। उनले थपे, ‘हिंसालाई छुट दिन सकिँदैन। यो सरकारको मात्रै विषय होइन, शान्ति चाहने सबैको विषय हो।’ सरकारका प्रवक्ता बाँस्कोटाले द्वन्द्व के का लागि भन्ने प्रमाणित कतैबाट नहुने बताए। उनले थपे, ‘हतियार छोडेर चन्दा असुली छोडेर आउनुस्, हामी तयार छौँ।’

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083