आखाँ अस्पताल निर्माणको निम्ति जग्गा बेचेर डेढ करोडको दान

6.67K
shares

काठमाडौं। भीमराज पाठकले भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन्।

भरतपुर भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए। दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरैतिर भौंतारिए उनी। एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए। त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाई केही गरौं भन्ने भावना जाग्यो। अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन्। आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ पाठकले भने आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो।

पाठक दम्पतीका नाममा भीमराज–उषामाया पाठक आँखा बैंक स्थापना गरिएको छ। पाठकले आँखा बैंक सञ्चालनका लागि अक्षय कोष स्थापना गरेका हुन्। अक्षय कोषबाट प्राप्त ब्याज रकमले बैंक सञ्चालन गरिनेछ। नानी संकलन केन्द्रमा आँखाको नानी दान गर्न चाहनेलाई परामर्श दिने गरिएको छ। परीक्षण गर्न आउनेलाई आँखादानबारे जानकारी गराइन्छ।

पाठक धादिङ गजुरीबाट २०१७ सालमा बसाइँ सरी चितवन आएका थिए। उनको आँखामा जलविन्दुको समस्या छ। विज्ञबाट आँखा परीक्षण गर्न योग्य भए आफूले पनि आँखादान गर्ने उनले बताए। उनका एक्ला छोरा अंशबन्डा लिएर अलग्गै बस्छन्। पाठकको अब भरतपुरमा चार कट्ठा जग्गा र घर बाँकी छ। जीवनको बाँकी समय सामाजिक सेवाका लागि जीवनको खर्चिने उनले बताए।

भरतपुरमा आँखाको नानी कोर्निया संकलन कार्य सुरु गरिएको छ। तिलगंगा आँखा अस्पतालको सहकार्यमा नानी संकलन सुरु गरिएको हो। आँखा बैंक पूर्ण रूपमा तयार नभएकाले अहिले आँखाको नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ। नानी संकलनका लागि विशेष तालिम प्राप्त दुई कर्मचारी खटिएका छन्। नानी दान गर्न इच्छापत्र भरेका व्यक्तिको मृत्युपछि कोर्निया संकलन गरिन्छ।

चिकित्सकका अनुसार आँखादान गर्ने व्यक्तिको मृत्यु भएको ६ घन्टाभित्र नानी निकालिसक्नुपर्छ। आफन्तले बेलैमा खबर गरेमा नानी संकलन गर्न मिल्ने कार्यविधिसमेत बनाइएको छ। चितवनमा संकलित कोर्निया प्रोसेसिङ गरी सुरक्षित राख्ने मेसिन नहुँदा अहिले काठमाडौं पठाउने गरिएको भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छाया श्रेष्ठले बताइन्। ‘दान गरेपछि निकालिएको नानी प्रत्यारोपणका लागि ठिक भएनभएको परीक्षणका लागि मात्र काठमाडौं पठाउँछौं उनले भनिन् आर्थिक अभावमा उपकरण राख्न गाह्रो भएको हुँदा अब त्यसको पनि तयारी भएको छ।

एघार हजार रुपैयाँमा कोर्निया प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ। अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ। चोटपटक लागेर, दाग देखिएर फुलो परेर र दृष्टि गुमेका व्यक्तिलाई नानी प्रत्यारोपण गर्न सकिन्ने कनिर्या विशेषज्ञ डा पुष्पा गिरीले बताइन्। भरतपुर आँखा अस्पतालमा अहिलेसम्म दुई सय ६५ जनाले आँखा दान गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083