मोरक्कोमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जीत
वि.सं.२०७५ चैत १३ बुधवार १०:३५
shares

काठमाडौं। कप्तान लियोनल मेस्सी बिनै मैदान उत्रिएको अजेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोमाथि संघर्षपूर्ण जित निकालेको छ। मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गरेको हो।
मोरक्कोसँगको खेलमा दबाब सिर्जना गरेपनि अर्जेन्टिनाले गोलका लागि खेलको अन्तिम समयसम्म कुर्नु परेको थियो। रक्षात्मक खेलेको मोरक्कोविरुद्ध खेलको ८३ औं मिनेटमा एन्जल कोरेनले उत्कृष्ट गोल गर्दै बराबरी खेल हुनबाट जोगाए। सब्स्टीचयुट खेलाडीका रुपमा कोरेन ६२ औं मिनेटमा रोड्रिगो डी पाउलाको स्थानमा मैदान प्रवेश गरेका थिए।
कप्तान मेस्सी टिममा रहँदा अर्जेन्टिनाले भेनेजुयलासँग ३-१ गोल अन्तरले पपराजित भद्धएको थियो। २०१८ पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका मेस्सीलाई चोट लागेपछि मोरक्कोविरुद्धको खेलमा मैदान बाहिर रहेका थिए।






























