अब बलिउड फिल्म खेल्दै अभिनेता अनमोल केसी , जोडी बन्दैछिन् श्री देबीकि छोरी जान्भी

9.61K
shares

काठमाडौँ। नेपाली फिल्म क्षेत्रमा निकै चर्चा कमाएका अभिनेता अनमोल केसीलाई बलिउडबाट अफर आएको छ। चर्चित निर्देशक पेमा धोन्डुप ले निर्देशन गर्ने फिल्ममा अभिनेता अनमोल केसीलाई अफर आएको हो। यस फिल्ममा अपोजिटको लागी श्रीदेबी कि छोरी जान्हवी कपूर रहने समाचारमा जनाइएको छ।

अनमोल केसी अहिलेका सर्वाधिक चर्चित र व्यस्त अभिनेता हुन्। यतिबेला भने उनले आफ्नो समय चलचित्र ए मेरो हजुर ३ लाई दिइरहेका छन। केहीसमय अघि अनमोल केसी बलिउड चलचित्र खेल्न लागेको कुराले निकै चर्चा पाएको थियो।

अनमोल स्वयमले पनि यो कुरा स्वीकारेका थिए। अहिले एकपटक फेरि उनी बलिउडमा प्रवेश गर्न लागेको कुरा चर्चामा आएको छ। केही समय अघि प्रदर्शनमा आएको चलचित्र द म्यान फ्रम काठमाडौँ का निर्देशकले बनाउन लागेको बलिउड चलचित्रमा अनमोल हुने कुरा बाहिरिएको छ।

अनमोलले आफूले उक्त चलचित्रको स्टोरी सर्टकटमा सुनेको तर आफूलाई अहिलेसम्म चलचित्रबाट अफर भने नआएको बताए। भित्री स्रोतले अनमोललाई उक्त चलचित्रबाट अफर गरिएको कुरा बाहिरिएको भए तापनि अनमोलले भने अहिलेसम्म आफूलाई उक्त प्रोजेक्टबाट अफर नआएको स्पष्ट पारेका छन्।

त्यस्तै अनमोल उक्त चलचित्रमा अनुबन्धित भएको खण्डमा चलचित्रमा अनमोलको अपोजिटमा बलिउड चर्चित नायिका जान्वी कपुरलाई लिने निर्देशकको सोच रहेको छ। अब अनमोल चलचित्रमा हुने हुन् वा होइनन् त्यो हेर्न भने केही समय कुर्नैपर्छ।

चैत १ गते प्रदर्शनमा आएको फिल्म द म्यान फ्रम काठमाडौं का निर्देशक मेत रहेका पेमा धोन्डुप ले निर्देशन गर्ने यस फिल्ममा अभिनेता गुशलन ग्रोवरको पनि अभिनय गर्ने बताइएको छ। फिल्मको स्क्रिप्टमा काम भइरहेको फिल्मको लागत १० करोड आसपास हुने बुझिएको छ। यसो त यस अघि पनि अनमोलले एक बलिउड फिल्म साइन गरेको खबर आएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083