बोक्साको आरोपमा वडाध्यक्षमाथि निर्घात कुटपिट
वि.सं.२०७६ मंसिर २३ सोमवार ०८:२९
11.56K
shares
shares

भरतपुर । चितवनको ईच्छाकामना गाउँपालिका २ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई स्थानियले बोक्साको आरोपमा कालोमोसो दलेर जुताको माला लगाइदिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका प्रजालाई शनिबार साँझ स्थानीय उत्तरकुमार गुरुङसहितको समूहले निर्घात कुटपिट गरेको हो ।
जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।






























