सागमा स्वर्ण विजेतालाई ९ लाख दिने

4.93K
shares

काठमाडौं । नेपाल सरकारले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँबाट सम्मान गर्ने भएको छ ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेतालाई जनही नौ लाख दिने घोषणा गरेका हुन् ।

यस्तै, रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख दिइने भएको छ ।

मंगलबार सम्पन्न सागमा नेपालले समग्रमा ५१ स्वर्ण जितेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083