रासस कर्मचारी सङ्गठनमा एकता

9.33K
shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति राससमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र रासस कर्मचारी युनियनबीच आज एकता भएको छ । दुई सङ्गठनको एकतापछि बनेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नै नामकरण गरी आज संयोजकमा प्रेमप्रसाद उपाध्याय र सहसंयोजकमा कालिका खड्का घोषित हुनुभएको छ । रासस केन्द्रीय कार्यालय, भद्रकालीमा आज आयोजित भेलामा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले उनहरुलाई बधाइ दिए। कार्यक्रममा प्रेस सङ्गठन नेपालको शनिबार काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलामा सहभागी राससकर्मीको पनि उपस्थिति थियो ।

सो अवसरमा महाप्रबन्धक शर्माले राससमा काम गर्ने कर्मचारी तथा पत्रकार पेशागत मर्यादामा निकै सचेत हुनुपर्ने बताए । राससले सातै प्रदेशबाट बुलेटिन प्रकाशन गर्ने तयारी गरेको जानकारी दिँदै उनले रासस समाचारको प्रभावलाई व्यापक बनाउनुपर्नेमा जोड दिए । जनशक्ति थप, परीक्षा र बढुवाका लागि कानूनी र नीतिगत तहमा काम भइरहेको पनि उले उल्लेख गरिए ।
राससका सञ्चालक समितिका सदस्य दयाराम दाहालले राससलाई प्रविधिमैत्री बनाउँदै लैजान पहल भइरहेको उल्लेख गर्दै बढ्दो प्रविधिको विकासलाई अधिकतम उपयोग गर्दै राससको प्रभाव विस्तार गर्नुपर्ने धारणा राखेका छन् । प्रधानसम्पादक श्याम रिमालले संवाददाताले अनुसन्धानमूलक एवं पठनीय समाचार तयार पार्न आग्रह गरियो । कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले राससका नीतिनियमलाई अङ्गीकार गर्दै समयसापेक्ष कार्यसम्पादनमा जोड दिनुपर्ने बताए ।

कर्मचारी सङ्गठनका संयोजक उपाध्याय र सहसंयोजक खड्काले व्यवस्थापन र कर्मचारीको समन्वयबाट राससको सेवालाई थप सुदृढ बनाउन आग्रह गरेका छन् । राससका अर्का सञ्चालक समिति सदस्य डिल्लीराम भट्टराईसमेत सहभागी कार्यक्रममा राससका सहव्यववस्थापक मदन गौतम, प्रेस सङ्गठनका केन्द्रीय सदस्य एवं राससका स्थानीय समाचारदाता संयोजक प्रकाश सिलवाल, केन्द्रीय सदस्य एवं राससका उपसम्पादक हरि लामिछानेलगायतले राससको समाचार सेवालाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्बन्धित सबैको भूमिका हुनुपर्ने बताउए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083