शिक्षाबिना विकास असम्भव: मन्त्री बस्नेत

8.59K
shares

लमजुङ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिक्षाबिना मुलुकको विकास असम्भव रहेको बताए।

आज सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्र मन्दिर माध्यमिक विद्यालयको ६९ वार्षिकोत्सव तथा ५१औँ अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले शिक्षाले मुलुकको विकासमा टेवा पु¥याएकाले सामुदायिक विद्यालयमा पढाइने शिक्षा गुणस्तरीय हुनुपर्नेमा जोड दिए।

मन्त्री बस्नेतले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा दिने शिक्षा गुणस्तर हुन नसक्दा शिक्षित युवाको उत्पादन नभएकाले सोचेजति विकास नभएको उल्लेख गर्दै बेरोजगार बन्दै गएका युवा विदेशिनुपरेको छ, यो अवस्थालाई न्यूनीकरण गर्दै गुणस्तरीय तथा प्राविधिक शिक्षाका लागि प्रदेश सरकार लागिपरेको बताए ।

उनले भनिए, “अहिलेकै सरकारको पालामा गण्डकी प्रदेशमा रहेको १४ प्रतिशत गरीबीबाट सात प्रतिशतमा झार्ने योजनाका साथ प्रदेश सरकार अघि बढेको छ ।” अर्को पाँच वर्षभित्र सात प्रतिशतबाट दुई प्रतिशतमा गरीबी पु¥याउने लक्ष्य रहेकोसमेत उनले बताए । उनले भनिए, “ग्रामीण घरवास होमस्टेमा प्रदेश सरकारले लगानी गरिरहेको छ । घरवासबाहेक, कृषि, शिक्षा, स्वास्थ्य, सडक, जलविद्युत्लगायतका क्षेत्रमा अब्बल सावित हुँदै गएकाले यी क्षेत्रकै माध्यमबाट मुलुकमा आर्थिक समृद्धिसमेत हासिल भइरहेको छ ।”

कार्यक्रममा सोही स्कूल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्यसमिति सदस्य तथा राष्ट्रिय युवासङ्घको केन्द्रीय सदस्य सुनिलकुमार अटल विश्वकर्मालगायतले शिक्षित युवाहरु नै काममा दक्ष हुन नसक्दा बेरोजगार हुँदै गएकाले अबको शिक्षा प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083