प्रिमियर लिगमा लिभरपुल विजयी

13.27K
shares

काठमाडौं । मोहमम्द सालाह र साडियो मानेले गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा नयाँ वर्षको पहिलो खेलमा जित हात पारेको छ ।

गएराति भएको एक मात्र खेलमा लिग लिडर लिभरपुलले शेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेको हो । जितपछि २० खेलबाट ५८ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीमाथि फेरि १३ अंकको अग्रता बनाएको छ । २१ खेल खेलेको लेस्टरको ४५ अंक छ ।

खेलको चौथो मिनेटमै एन्ड्र रोव्टसनको पासमा सालहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा पनि एक गोल गर्‍यो । ६४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083