कांग्रेसका सांसद साहविरूद्ध पक्राउ पूर्जी

5.88K
shares

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप साहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले सांसद साहविरूद्ध बिहीबार पक्राउ पूर्जी जारी गरिएको हो ।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएसँगै प्रहरीले उनलाई पक्रन प्रहरीले अदालतसँग पूर्जी मागेको थियो । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनील मल्लले साहलाई पक्राउ गर्न अदालतसँग पूर्जी मागिएको बताए ।

‘उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भएकाले पूर्जी मागिएको हो,’ मल्लले भने, ‘अहिले नेपाल नरहेको बुझिएको छ।’ राप्रपा केन्द्रीय सदस्य तथा कलाकार श्याम मिश्रले साहविरूद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी बुधबार कपिलवस्तु प्रहरीमा दिएका थिए।

सांसद साहले ‍पुस ५ गते आफ्नै घरमा बोलाएर कोठाभित्र थुनेर नसालु पदार्थ सुँघाई कुटपिट गरेको राप्रपा नेता मिश्रको जाहेरीमा उल्लेख छ । मिश्रले शाहले आफ्नो मुखभित्र बन्दुक राखेर ज्यान मार्ने धम्की दिएको जाहेरीमा उल्लेख गरेका छन् ।

सांसद साह हाल नेपालमा छैनन्। उनी भारत गएको प्रहरीले बताएको छ । मल्लले साहलाई पक्रन आवश्यक प्रक्रियाका लागि संसद सचिवालयसँग कुराकानी भइरहेको बताए । साह नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083