कांग्रेसले छान्यो राष्ट्रियसभा निर्वाचनका लागि १६ उम्मेदवार
वि.सं.२०७६ पुस २० आइतवार ०८:२७
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारिको बैठकले राष्ट्रियसभाका १४ उम्मेदवारको टुंगो लगाएको थिाउ भने कर्णाली प्रदेशको बाँकी नाम दिउँसो टुंगो लगाएको कांग्रेसले जनाएको छ ।
प्रदेश २ मा दुई सिटका लागि समाजवादी पार्टीसँग तालमेल गरेको भोलिपल्ट कांग्रेसले राष्ट्रिसभाका उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १६ जानै उम्मेदवारको टुंगो लगाएको र जानकारी दिए। कांग्रेसले प्रदेश १ बाट निरबहादुर विश्वकर्मा पाँचथर दलित, मिना पुलामी मगर सुनसरी महिला, राजेन्द्र घिमिरे झापा अन्यबाट उम्मेदवार बनाएको छ ।
प्रदेश २ का दुई सिट समाजवादी पार्टीलाई छाडेको कांग्रेसले नगिना यादव महोत्तरी महिला र भोला पन्जियार धनुषा अल्पसंख्यक-अपांगताको कोटाबाट उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेश ३ बाट हरिशरण श्रेष्ठ सिन्धुपाल्चोक अन्य, छलीकुमारी शर्मा उपाध्याय चितवन महिला, गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी स्याङ्जा अन्य र विमला गौचन म्याग्दी लाई महिला उम्मेदवार बनाएको छ ।
त्यस्तै प्रदेश ५ बाट बालकृष्ण पाण्डे अर्घाखाँची अन्य, गिरिजा न्यौपाने दाङ महिला, मेराज हलवाई बाँके अल्पसंख्यंक-अपांगताबाट उम्मेदवार बनाएको छ । त्यस्तै कर्णाली प्रदेशबाट डिल्लीराम पाठक सुर्खेत अन्य र सावित्री पौडेल सुर्खेत महिला उम्मेदवार बनेका छन् भने सुदूरपश्चिम प्रदेशबाट ७ बाट प्रताप ठगुन्ना बैतडी अन्य र तुलसी देवकोटा ९कैलाली०लाई महिला कोटाबाट उम्मेदवार बनाएको छ ।
उम्मेदवार छनौटका लागि कांग्रेसले प्रदेश अनुसार छुट्टाछुट्टै नेताहरुलाई जिम्मा दिएको थियो । नेताहरुको सिफारिश गरेकै नामलाई शनिबारको पदाधिकारी बैठकले पारित गरेको हो । सो बैठकमा वरिष्ठ नेता पौडेल पक्षघर भने उपस्थित नरहेको बताइएको छ । सत्तारुड नेकपाले शुक्रबार नै उम्मेदवारको टुंगो लगाएको छ भने राष्ट्रिय जनता पार्टीले शनिबार उम्मेदवारको टुंगो लगाएको छ ।





























