सिड्नीमा भ्रमण वर्षको र्‍याली गर्न रोक

5.73K
shares

एजेन्सी । सिड्नीका सुरक्षाकर्मीले नेपालको भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको छ । साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्‍याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जानकारी दिएको छ ।

उक्त र्‍याली पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दहाल, कन्सुल जनरल दिपक खड्का र चन्द्र योञ्जनको नेतृत्वमा उक्त र्‍यालीको आयोजना हुन लागेको थियो । एनएसडब्ल्यूको इभेन्ट प्लानिङ युनिटले आयोजकलाई विभिन्न कारणसहित उक्त र्‍याली आयोजनामा रोक लगाएको छ । उक्त कार्यक्रम प्रचारप्रसार र व्यापारिक लाभमा आधारित भएको र र्‍याली आयोजनाका लागि कानूनको पालना नगरेको उल्लेख छ ।

र्‍यालीमा सहभागीहरुले पैदल यात्रुलाई समस्या निम्त्याउने अनुमान गरेर पनि पुलिसले यसो गर्न रोक लगाएको बताएका छन् । सिड्नीका अकाउन्टेन्ट र एनआरएनएका पूर्व कोषाध्यक्ष दिल खरेललाई र्‍याली आयोजनाका लागि अनुमती लिन लगाइएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083