ट्रम्पको इरानविरुद्ध युद्ध लड्ने अधिकार तल्लो सदनबाट पास

5.73K
shares

एजेन्सी । संयूक्त अधिराज्य अमेरिकाको तल्लो सदन हाउस हफ रिप्रिजेन्टेटिभ्सुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध लड्ने अधिकारलाई सिमित गर्ने प्रस्ताव पास गरेको छ ।

पारित भएको यो प्रस्ताव सांकेतिक मात्र हो तर आक्रमण भइहालेको अवस्थामा भने यसले राष्ट्रपति ट्रम्पलाई रोक्ने छैन । त्यहाँको सदनले यो प्रस्ताव १९४ को विरुद्ध २२४ ले पास गरेको हो ।

तल्लो सदनले पास गरेपनि रिपब्लिकहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटबाट भने यो तत्काल पास हुने कुनै सम्भावना छैन । यसैगरी यसले अमेरिकी राष्ट्रपतिको भिटो अधिकारलाई पनि रोक्न सक्दैन ।