आज उपसभामुखसँग ओली र प्रचण्डले गरे छलफल

5.89K
shares

काठमाडौं । नेकपाका अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर दुई अध्यक्षले तुम्बाहाङ्फेसँग कुराकानी गरेका हुन् । सभामुख चयनको प्रक्रिया अन्यौलमा परेपछि दुई पटक संसदको बैठक सूचना मार्फत् स्थगित भैसकेको छ ।

अर्को बैठक आइतबारका लागि डाकिएको छ। ‘दुई अध्यक्षसँग उनको भेट भएको हो’ संसद सचिवालय स्रोतले भन्यो, ‘कुराकानी के भयो भन्ने खुलेको छैन ।’नेकपाले सभामुखको उम्मेद्वार टुङ्गो नलगाउँदा संसद बैठक लगातार अवरुद्ध हुँदै आएको छ । नेकपामा पूर्व एमालेबाट सभामुख बनाउने कि पूर्व माओवादीबाट भन्ने विवाद छ ।

उपसभामुख तुम्बाहाङ्फेले भने पार्टीको निर्णय भए आफूले उपसभामुखबाट राजीनामा दिने बताउँदै आएकी छिन् । ‘दुई दिनको समय छ । पार्टीले जे निर्णय गर्छ मान्छु’ तुम्बाहाङ्फेले सेतोपाटीसँग भनिन्, तर म बैठक चलाउन पनि पूर्व तयारीमा छु ।’


divya collage
unigloble collage