गगनले सूचना विधेयकको विरोध गरेपछि, सरकार सच्याउन तयार

7.12K
shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले विभिन्न सार्वजनिक मन्चबाट सूचना प्रविधि विधेयकको विरोध गरेपछि सरकार सच्याउन तयार भएको छ । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वाक स्वतन्त्रतालाई नै खुम्च्याउने गरी, सामाजिक सञ्जालमा समेत आलोचनात्मक टिप्पणी लेख्न नपाउने गरी सूचना प्रविधि विधेयक ल्याएका बेला कांग्रेस नेता थापा चर्को रुपमा विरोध गर्दै आएका छन् । उनले सुरु गरेको विरोध अब सञ्चारमाध्यमका तर्फबाट समेत जोडतोडका साथ उठेको छ । यद्यपि विधेयकलाई बहुमतका आधारमा संसदीय समितिबाट पास गरि संसदमा लगिएको छ ।

अब बस्ने संसद बैठकमा यो पारित भएर कानुन बन्ने वा फिर्ता हुने निर्क्योल हुनेछ । तर, नेता थापाले भने सामाजिक सन्जाल फेसबुक, ट्वीटर, विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता तथा लेखमार्फत र सार्वजनिक मन्चहरु जस्तै भर्खरै माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शन कार्यक्रममार्फत समेत चर्को रुपमा सूचना प्रविधि विधेयकको विरोध गर्दै आएका छन् । विधेयकमा भएका राम्रो कुराको प्रशंसा समेत गरेका गगनले सामाजिक सञ्जालमा लेखेवापत मनलाग्दी सजाय र अपूर्ण प्रावधानको डटेर विरोध गर्दै आएका छन् । माइतीघर मण्डलाबाट गगनले हामीलाई हेप्ने भन्दै सञ्चारमन्त्रीकै थेगो प्रयोग गर्दै विधेयकका एक एक दफा छलफल गर्न तयार छु, कहाँ आउँ भनेर चुनौती दिएपछि मन्त्री बाँस्कोटा विधेयक परिमार्जन गर्न तयार भएका हुन् ।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा मन्त्री बाँस्कोटाले विधेयकमा भएका कमीकमजोरी सच्याउँदै अघि बढ्ने बताए । यो संसदमा छलफल हुने र त्यहाँ पनि परिमार्जन हुने उनको भनाई थियो । यसअघि भने उनी सामाजिक सञ्जाललाईं व्यवस्थित विधेयकलाई जसरी पनि पारित गराएरै छाड्ने अडानमा थिए । तर, अहिले विधेयकविरुद्ध विरोधको माहोल सिर्जना भएपछि मन्त्री बाँस्कोटा नरम बनेका छन् । विधेयकमा जिस्क्याएमा, होेच्याएमा, अपमान गरेमा जरिवान र सजायको व्यवस्था गरिएको छ । तर, के गरेमा जिस्क्याएको मान्ने, अपमान गरेको मान्ने भन्ने स्पष्ट रुपमा उल्लेख छैन । यसो हुँदा सरकारलाई मन नपरेको सबै कुरा जिस्क्याएको अथवा अपमान हुनसक्ने र यसले नागरिकको वाक स्वतन्त्रता कुण्ठित हुनेमा चौतर्फी चिन्ता व्यक्त भइरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083