सामूहिक बलात्कार घटनाका आरोपित सार्वजनिक

16.56K
shares

महोत्तरी । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्ने सातको समूहमध्ये चारलाई पक्राउ गरी प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमै सार्वजनिक गरेको हो ।

परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न पुगेका जलेश्वर–६ कै १६ र १७ वर्षीया दुई युवतीलाई समातेर मुख थुन्दै एकान्तस्थलमा पु¥याएर सातले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीन अझै फरार रहेका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

घटनापछि जलेश्वर अस्पताल पु¥याइएका दुवै किशोरी उपचारले सामान्य भएका प्रहरीले जनाएको छ । पक्राउ परेका चारैलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083