प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखियो, सिंगापुर लैजाने तयारी
वि.सं.२०७६ फागुन २८ बुधवार ११:२९
shares

मुक्तिखबर,काठमाडौँ।
दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सिंगापुर लैजाने तयारी गरिएको छ ।
ओलीको प्रत्यारोपण गरिएको मृगौलाको साईज फिट हुन नसकेको र रक्तसञ्चार प्रक्रियामा समेत समस्या देखिएपछि के गर्ने भन्ने बिषयमा छलफल भईरहेको स्रोतले बताएको छ ।
दोस्रोपटक सफल मृगौला प्रत्यारोपणपछि पुनः दुई वटा नसामा रक्तसञ्चार बन्द भएपछि उपकरणको प्रयोग गरी रक्तसञ्चार सुचारु गराउन खोज्दा नसामा समस्या झनै जटिल हुँदै गएको एक स्रोतले मुक्तिखबरलाई जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीलाई उनकै भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी थिईन् । उनको स्वास्थ्य अवस्था राम्रो भएको चिकित्सकहरुले जनाएका छन् ।
प्रधानमन्त्री ओलीको शरीरमा ४ वटा मृगौला भएका छन् । दुईवटा आफ्नै र पहिलो र दोस्रोपटक प्रत्यारोपण गरिएको २ वटा गरि ४ वटा मृगौला छन् । उद्यपी ४ वटा मृगौला भएपनि काम गर्ने पछिल्लो पटक प्रत्यारोपण गरेकाले मात्र भएको चिकित्सकले बताएका छन् ।




























