बास्कोटा निवासमा बम बिस्फोटपछि सामाजिक सञ्जालमा देखिएको जनआक्रोस (फोटोफिचर)

32.18K
shares

मुक्तिखबर,काठमाडौँ।

बुधबार बिहानै पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा विष्फोट गराइएको बम प्रकरणमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूह संलग्न रहेको देखिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले प्रतिबन्धित समूह घटनामा संलग्न पाईएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएका छौं ।’ प्रहरीको यही भनाइलाई बल पुर्‍याउने गरी समूहको मुखपत्र इरातो खबर डटकमले पर्चा सार्वजनिक गरेको छ ।

नेकपा अध्यक्ष प्रचण्डको बिज्ञप्ति

घटनास्थलमा छाडिएको भनिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको भनिएको छ । पर्चामा दश वटा तर्क अघि सारिएको छ ।

बुँदागत रुपमा विष्फोटकको कारण उल्लेख गर्दै भनिएको छ, ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।’

सरकारको प्रवक्ता पदको समेत दुरुपयोग गरेको दाबी गरिएको छ । साथै, समूहमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बास्कोटा बनेको पनि दाबी गरिएको छ ।

नेकपाद्वारा जारी पर्चा :

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिकपछि मुलुक तातेको छ ।

सोही प्रकरणले बाँस्कोटालाई पूर्वमन्त्रीको हैसियतमा पुर्याइसकेको छ । अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै विहीबार बाँस्कोटाले पदबाट राजीनामा बुझाएका थिए । दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका बाँस्कोटाको राजीनामा विहीबार नै स्वीकृत भएको थियो ।

६० करोड घुस काण्डको अडियो प्रकरणलाई लिएर सामाजिक सञ्जालमा समेत उनी अत्याधिक ट्रोलको सिकार हुँदै आएका छन् ।
हर्नुहोस् जस्ताको तस्तै बास्कोटाप्रति सामाजिक सञ्जालमा देखिको जनताको आक्रोस् :

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083