स्पेनिस क्लव इस्पानियोलका ६ जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण
वि.सं.२०७६ चैत ५ बुधवार १०:४३
5.29K
shares
shares

मुक्तिखबर,काठमाडौँ।
स्पेनिस क्लब इस्पानियोलका ६ जना खेलाडीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । त्यस्तै कोचिङ स्टाफ पनि कोरोना भाइरसबाट संक्रमित भएको रिपोर्टमा उल्लेख छ । केही दिन अगाडि भ्यालेनसियाका ३५ प्रतिशत खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको खबर बाहिर आएको थियो ।
भ्यालेनसियाका मुख्य ६ जना खेलाडी भाइरसबाट संक्रमित भएको र उनीहरुको उपचार भइराखेको मिडिया रिपोर्र्टमा उल्लेख छ ।
इस्पोनियोलले मार्च १३ देखि क्लबका सबै काम स्थगित गरेको छ ।त्यस्तै केही खेलाडीहरु घरमा नै आइसोलेशनमा रहेका छन् भने केही हस्पिटलमा उपचार गराइरहेको बताइएको छ ।



























