कोभिड–१९ असर : पोखरामा खेलकूद गतिविधि बन्द

4.91K
shares

कास्की । 

कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन एक हप्ताका लागि रङ्गशाला हाताभित्र सञ्चालन हुँदै आएका खेल गतिविधि, अभ्यास तथा तथा अन्य प्रशिक्षण रोक लगाइएको उल्लेख गरिएको छ ।

जिल्ला खेलकूद समितिका कार्यालय प्रमुख प्रकाश बरालले राष्ट्रिय खेलूकद परिषद्९राखेप०को निर्देशनअनुसार कोरोनाबाट सचेत र सजग रहन तथा भीडभाड हुन नदिन सबै खेलकूदकर्मीलाई आग्रह गर्दै सो निर्णय गरिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “ रङ्गशालाभित्र कुनै पनि प्रशिक्षण, सेमिनार तथा गोष्ठी एवं कुनै पनि खेलकूदजन्य गतिविधि नगर्न सम्बन्धित खेल सङ्घ तथा खेलकर्मीमा आग्रह गरेका छौँ । कोरोनाबाट जोगिन रङ्गशालामा हुने गतिविधि पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको हो ।”

राखेपले दुई साताअघि नै भीडभाड हुने कुनै पनि खेलकूद गतिविधि नगर्नसम्बन्धी निकायलाई सूचना जारी गरेको थियो । यहीबीचमा पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भने सञ्चालन भएको थियो ।

रङ्गशालाभित्र फुटबल, भलिबल, क्रिकेट, आर्चरी, टेनिस, ब्याडमिन्टनलगायतका खेल पूर्वाधार एकै थलोमा रहेकाले खेलाडी तथा खेलकर्मीको भीडभाड हुने गरेको छ । अहिले यहाँ रङ्गशालाभित्र निर्माणाधीन फुटबल रङ्गशालाको कामसमेत प्रभावित बनेको छ ।

भाइरसको त्रासका कारणले मजदूर काममा फर्किन नसकेकाले अतिविशिष्ट कक्षको प्यारापिटमा छानो छाउने तथा प्यारापिटमा थप कुर्सी जडान गर्नेलगायतका रङ्गशालाको निर्माणाधीन काम प्रभावित बनेको फुटबल रङ्गशाला परियोजना प्रबन्धक दीपक बरालले जानकारी दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083