गरीबमजदुलाई परिस्थिति आए ६ महिना पाल्ने मेयर देवकुमार नेपालीको घोषणा
वि.सं.२०७६ चैत २५ मंगलवार १०:०५
shares

काठमाडौं । गरिब मजदुरहरुका लागि ‘मनकारी मेयर’ भनेर चिनिन थालेका बाग्लुङ्ख ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले कोरोना भाईरसको सन्त्रास पछि लक डाउनका कारण ढोर पाटनका मजदुरहरु काम नपाएर भोकै बस्ने अवस्था आएमा गरीब मजदुलाई आफू एक्लैले ६ महिना पाल्ने घोषणा गरेका छन् ।

‘यो विकट थलो हो । यहाँका अधिकांश गरिव दलित जनजातीहरु दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउँदै आएका छन् । अहिले उनीहरुको काम गर्न नपाएर छाक अड्किने अवस्था छ । मैले ब्यक्ति गत रुपमा ढोरपाटनका करिब सय जना मजदुरहरुलाई बोलाएर एकएक बोरा चामल , दाल , तेल , नुन चिनी तरकारी बाँढ्दै छु । नगरपालिकाको तर्फबाट थप राहत प्याकेजको घोषणा पनि गरिने छ’, मेयर नेपालीको भनाई छ ।

‘मैले कमाएको सम्पत्ती विपदमा परेको बेला तिनै मजदुर वर्गकै लागि हो , मैले मेरो सम्पत्तिलाई निजी ठानेको छैन्’, उनको भनाई छ । मेयर नेपालीले वुर्तिबाङ्ख देखि पोखरा र काठमाडौमा रहेका आफ्ना घरमा बस्ने ब्यक्ति र विभिन्न संस्थालाई एक महिनाको कुल ९ लाख ६५ हजार भाडा छुट गरि दिएको समेत बताए ।

उनले ढोरपाटनका सम्पुर्ण ब्यापारिहरुलाई बोलाएर उनीहरु संग रहेका सम्पुर्ण खाद्य वस्तु आफुले खरिद गरि स्टक राखेर भोलीको सम्भावित अभाव पुर्ति गर्ने योजना समेत रहेको बताए । स्थानीय सरकार प्रदेश र केन्द्र सरकारले पनि मजदुरहरुलाई राहत वितरण गर्ने भन्दै उनले त्यसले पनि मजदुर वर्गको अभाव पुर्ति हुन नसके नगरका मजदुर वर्गलाई भोकै मर्न नदिने बताए ।

उनले काठमाडौको सुकेधारा, पोखराको पृथ्वीचोक, सृजनाचोक र रत्नचोक सहित १४ वटा वित्तिय र अन्य ब्यवसायिक संघ संस्थाहरुले भाडामा लिएका आफ्ना घरको भाडा छुट गरि दिएको बताएका हुन् ।
सौजन्य फोटो:- मेयर देवकुमार नेपालीको फेसबुक प्रोफाईल तथा खबरहाउस बाट प्राप्त गरिएको हो।































