अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द
वि.सं.२०७६ चैत २५ मंगलवार १७:४५
13.53K
shares
shares

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।
बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए। आन्तरीक उडान बैशाख ३ गते सम्म बन्द गरिएको छ।































