भ्रष्टाचारको विरोध गर्दा प्रधानमन्त्री रुष्ट

11.3K
shares

काठमाडौं– चीनबाट स्वास्थ्य सामग्री खरिदमा अनियमिता भयो भन्ने चौतर्फी अलोचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गरेका छन् ।
मंगरबार राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले आलोचनाहरूलाई ‘निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी र बेमौसमी बाजा’ भनेका छन् ।

समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको भने पनि सरकारलाई असफल देखाउन बेमौसमी प्रचार भएको उनको ठहर छ । सम्बोधनमा प्रधानमन्त्रीले भनेका छन्, ‘मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो ।’

प्रधानमन्त्रीले यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय नहुने पनि प्रष्ट पारेका छन् । भ्रष्टाचार भएको भनेर उठेका प्रश्नलाई प्रधानमन्त्रीले ‘लगातारको निराधार कुप्रचार’ पनि भनेका छन् । यस्तो कुप्रचार सरकारलाई कमजोर पार्ने प्रयास हो भन्ने प्रधानमन्त्रीको ठहर छ ।

सम्बोधनका प्रधानमन्त्रीले भनेका छन, ‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्ने छैन ।’ उनले कहीँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न सरकार किञ्चित पछि नपर्ने पनि प्रष्ट पारेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083