कोरोना भाइरस रोकथामका लागि काङ्ग्रेस सांसदले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने
वि.सं.२०७६ चैत २८ शुक्रवार १३:०४
6.19K
shares
shares

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएको छ।
कांग्रेसले आफ्ना सांसदको १५ दिनको पारिश्रमिकबराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।
काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ । सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने सचिवालयले जानकारी दिएको छ ।
रासस






























