भारतमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण

7.18K
shares

काठमाडौ ।भारतमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ।

मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

एकै परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो।

संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ। केही आइसोलेसनमा छन्। तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ।

यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो।

अहिलेसम्म विश्वभर करिब दुई हजार नेपाली कारोना संक्रमित भइसकेका अनुमान गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गरेको छ। अमेरिका, स्पेन लगायतका देशमा धेरै नेपाली संक्रमित छन्।

अमेरिकामा मात्रै झण्डै आठसय नेपालीमा कोरोना संक्रमण भएको अनुमान गरिएको संघका अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष कुमार पन्तले बताएका छन्


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083