भारतीय अतिवादले कोरोना भाइरसको आफुलाई फ्याक्ट्री जस्तै गरि अनर्गल प्रचार गरे

13.74K
shares

पर्सा । भारतीय सरकारी अधिकारीहरुको हवला दिएर त्यहाँका सञ्चारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको बताउँदै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मन्सुरीले कडा आपत्ति जनाएका छन् ।

सीमा क्षेत्रमा रहेको सोही गाउँपालिकाबाट ४०।५० भाइरस संक्रमित व्यक्तिहरुलाई भारत प्रवेश गराएर कोरोना भाइरस फैल्याउन षड्यन्त्र गरेको भारतीय सञ्चारमाध्यमहरुले आरोप लगाए पछि आफू कोरोना भाइरसको फ्याट्री नभएको तर आफुलाई फ्याक्ट्री नै जस्तै गरि भारतीय अत्तिवादले धार्मिक हिसा बढाउन खोजेको बताए। जालिम मियाले भारतीय ती अधिकारीहरु र मिडियालाई चुनौति दिंदै भने– ‘केही गिरोहको षड्यन्त्र रचेर अनर्गल प्रचार गर्नु मेरो चरित्र हत्या गर्न खोजिएको छ । प्रमाण देखाउन म चुनौति दिन्छु ।’

लकडाउनमा परेका मजदुरहरुलाई राहात बाँडिरहेको बेला आफ्नो राजनीतिक भविष्य र भौतिक रुपमै सिध्याउने गरी षड्यन्त्र भएको जालिमले बताए । ‘हो हामी दुई देशको सीमामा छौं ।

यो हाम्रो सीमा क्षेत्र भनेको दुई छिमेकी मुलुकबीच रोटी, बेटीको सम्बन्ध हो । राष्ट्रियताका विषयमा कुटनीतिक तहबाट छलफल हुन्छ । तर, मलाई भारतीय प्रशासन र मिडियाले जसरी बदनाम गरेका छन् त्यसको जवाफका लागि कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयसँग समेत आग्रह गर्दछु’, उनले भने ।

भारतीय सञ्चारमाध्यमहरुले समाचार प्रकाशन र प्रशारण गरेपछि आफू असुरक्षित भएको उनले बताए । अहिले जिल्ला प्रशासन, सुरक्षाकर्मीहरुसँग छलफल भइसकेको उनले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083