प्रधानमन्त्री सचिवालयलको सित्तैमा तलब थाप्ने ४८ हटाउन पर्छ भने पछि: थापा र झाँक्री बिच विवाद
वि.सं.२०७७ वैशाख ३ बुधवार १२:४५
shares

काठमाडौं । प्रधामनन्त्रीको सचिवालयमा वैतनिक र अवैतनिक गरी जम्मा १८ जनामात्र सदस्यले काम गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नेकपा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको सचिवालयमा ४८ जनासम्म रहेको भन्दै अनावश्यक जम्बो सचिवालय खारेज गर्न सार्वजनिक आग्रह गरेपछि प्रेस सल्लाहकार सूर्य थापाले नेता झाक्रीको आरोपमा कुनै तुक नभएको बताएका छन् ।
झाँक्रीले बिनासूचना र तथ्यसमेत नबुझी हावादारी कुरा गरेको भन्दै प्रेस सल्लाहकार थापाले आक्रोश व्यक्त गरेका छन् ।
उनले भने ‘उहाँले हुँदै नभएको कुरा किन प्रचार गर्नुभएको हो यो बेलामा बुझ्न सकिएन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधामनन्त्रीहरुको सचिवालय संसारभर हुन्छ । अहिले त दरबन्दी भइकन पनि प्रधामन्त्रीले नियुक्त गर्नुभएको छैन । तर झाँक्रीजीले किन प्रहार गर्नुभएको हो थाहा भएन । तथ्यमा उभिएर आलोचना गरे ओज बढ्ने थियो सल्लाहकार थापाले भने।
मंगलबार नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले कोरोना रोकथाम कोषमा रकम जम्मा गर्नका लागि प्रधानमन्त्रीले आफ्नो अनावश्यक जम्बो सचिवालय खारेज गर्नुपर्ने बताएकी थिइन ।
प्रधानमन्त्रीको निजी सचिवालयमा ४८ सम्मले सित्तैमा तलब खाइरहेको भन्दै उनले त्यसलाई खारेज गरेर राज्यको खर्च घटाउन सकिने बताएकी थिइन ।
मंगलबार आफ्नो फेसबुकमा उनले प्रधानमन्त्रीले आफूले तलब नलिने घोषणा गर्नुभन्दा सचिवालयमा रहने संख्या कटौती गर्नु उपयुक्त हुने उनको सुझाव छ । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देश कोरोनामुक्त नभएसम्म तलब नलिने घोषणा गरेका थिए ।
‘सांसदको तलब हामीले एक महिनाको दिने निर्णय गरिसक्यौं, अब प्रधानमन्त्रीले आफ्नो २/४ महिनाको तब नलिएर राज्यमा राहत हुन्न । प्रमको निजी सचिवालयमा मन्त्रीसरह सुविधा खाने कति छन् ? करिब ४८ जनासम्मले सित्तैमा तलब थाप्न पाउने व्यवस्था छ, त्यो पो खारेज गर्नुपर्ने होला ?’ नेतृ झाँक्रीले भनेकी थिइन् ।
उनले प्रधानमन्त्रीले तलब नलिने घोषणा गर्नुभन्दा अनावश्यक जम्बो सचिवालय खारेज गर्ने निर्णय गर्नु बढी लोकप्रिय हुने पनि उल्लेख गरेकी थिइन । यो भने पछि यी दुई नेता बीच विवाद सतहमा चुल्लिएको हो।
































